एनपीएल क्रिकेटमा सुदूरपश्चिमले काठमाण्डौलाई दियो १ सय ६८ रनको लक्ष्य

दार्चुला । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गुर्खाजलाई एक सय ६८ रनको लक्ष्य दिएको छ ।

त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन बनायो । उसका लागि ब्रान्डन म्याकमुलनले सर्वाधिक ५३ रन बनाए ।

यस्तै कप्तान दीपेन्द्रसिँह ऐरीले ४३ र विनोद भण्डारीले ३५ रन बनाए । काठमाण्डौका रशिद खानले दुई तथा हेरहार्ड इरास्मस, शहाब आलम र करण केसीले एक–एक विकेट लिएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?