एनपीएलमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले हरायो

दार्चुला । नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले हराएको छ । युवा बलर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको हो ।

नरेनले ५ विकेट लिएपछि १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं गुर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भयो । नरेन जारी एनपीएद्यमा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बनेका छन् ।

यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमान्डु विरुद्ध नै ५ विकेट लिएका थिए ।

नरेन यू१९ एसिया कप खेलेर हिजो मात्रै काठमाडौं आइपुगेका हुने र भोलीपल्ट एनपीएलमा डेब्यु गर्दै सानदार प्रदर्शन गर्दै ५ विकेट लिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?