दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर–५ चौपातामा १ दिने बैंकिङ वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
लक्ष्मी सन्राइज बैंक लेकम शाखाको सहजिकरणमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तरगत बैंकिङ कारोबार तथा बैंकिङ प्रणाली सम्बन्धि १ दिने साक्षरता कार्यक्रम सम्पन्न भएको लक्ष्मी सर्नराइज बैंक लेकम शाखाले जनाएको छ ।
वडा अध्यक्ष बल्देब सिंह बोहरा जनप्रतिनिधिहरु, स्थानीय सेवाग्राही लगायत सरोकारवालाहरुको उपस्थितिमा साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो । लक्ष्मी सन्राइज बैंक लेकम शाखाका म्यानेजर धर्म राज जोशी र र बैंक कर्मचारी नरेश राज ओझा लगायत बैंक कर्मचारीहरुले बैंकिङ कारोबार तथा बैंकिङ प्रणाली सम्बन्धि अभिमुखिकरण गर्नुभएको छ ।
अभिमुखिकरणमा युवाहरुमा प्रविधिको प्रयोग गरी बैकिङ्ग गर्ने बानीको विकास गर्ने व्यवसायमा आवद्घ साना व्यवसायीहरुलाई डिजिटल बैंकिङको प्रयोग गर्ने लगायतका बिषयहरुमा सहजिकरण गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया