भुटानका राजा जिग्मे खेसार काठमाडौंमा

दार्चुला । निजी भ्रमणको सिलसिलामा काठमाडौं आएका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ पुगेर पूजा गरेका छन् । स्वयम्भूमा पूजा गरिसकेर उनी बौद्ध प्रस्थान गरेका छन् ।

बौद्धनाथमा पनि पूजा गरिसकेपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

भुटानका राजा वाङचुक आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्वागत गरेकी थिइन् ।

विमानस्थलबाट उनी सिनामंगल–तिनकुने–नयाँबानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भूनाथ गएका थिए ।
त्यसपछि उनी स्वयम्भूबाट किमडोल–भगवान पाउ–शोभा भगवती–सोह्रखुट्टे–लैनचौर–केशरमहल–संग्रहालय गेट–जयनेपाल हल–कृष्ण पाउरोटी–ल्होत्से चोक–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–चुच्चेपाटी हुँदै बौद्धनाथ प्रस्थान गरेका हुन् ।

बौद्धनाथमा पूजा गरिसकेपछि उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ ।भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?