दार्चुला । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ र विपक्षी दलनिकट गठबन्धनले अलगअलग प्यानल तयार पारेका छन् । नेपाल युनियन युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् । यो प्यानलबाट महासंघको अध्यक्षमा निर्मला शर्मा साझा उम्मेदवार बन्नुभएको छ ।
शर्मा चौतारीको कोटाबाट अध्यक्षको उम्मेदवार बन्नुभएको हो । चौतारीको तर्फबाट अध्यक्ष सहित ५ पदाधिकारीमा उम्मेदवारी दिइएको उपाध्यक्ष राजेश राईले बताउनुभयो। उहाँका अनुसार महिला उपाध्यक्षमा नितु पण्डित, आदिवासी जनजाति सचिवमा सविन प्रियासन चौधरी, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली र लेखा आयोग संयोजकमा केसी लामिछानेको उम्मेदवारी दर्ता भएको छ ।
प्रेस युनियनका तर्फबाट महासंघको बरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहालको उम्मेदवारी परेको छ । सचिवहरु तर्फ रमेश खतिवडा (खुला), सोनी शर्मा (महिला), प्रकाश धौलाकोटी (दलित), बैकुण्ठ पराजुली (एशोसियट) र अशोक तिवारी (मधेशी) को उम्मेदवारी प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले बताउनुभयो ।
सत्तारुढ दल निकट युनिनयन र चौतारीको प्यानलविरुद्ध विपक्षी पत्रकार संगठनहरुको पनि प्यानल बनेको छ । यो प्यालनबाट महासंघको अध्यक्षमा प्रेस सेन्टर नेपालका कमल गिरीको उम्मेदवारी परेको छ ।
गिरीलाई समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्चको समर्थन रहेको समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार यो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल र समावेशी उपाध्यक्षमा सुवास साहको उम्मेदवारी परेको छ ।
महासचिवमा लेखनाथ न्यौपाने उम्मेदवार छन् । यो प्यानलको सचिवहरुमा उत्तर बिष्ट (खुला), सिर्जन झा (मधेशी), सरिता बराईली (दलित), भीषण राई (आदिवासी जनजाति) र विकास कार्की (एशोसियट) उम्मेदवार छन् ।
महासचिवमा लेखनाथ न्यौपाने उम्मेदवार छन् । यो प्यानलको सचिवहरुमा उत्तर बिष्ट (खुला), सिर्जन झा (मधेशी), सरिता बराईली (दलित), भीषण राई (आदिवासी जनजाति) र विकास कार्की (एशोसियट) उम्मेदवार छन् ।
कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा ध्रुब रावलको उम्मेदवारी परेको छ ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ताको समय मंसिर २१ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको थियो ।
उम्मेदवारको नामावली प्रकाशन साँझ ५ बजे भएको छ । यस्तै उम्मेदवारमाथि दाबी विरोध गर्न पाउने त्यसै दिन साँझ ५ बजेदेखि मंसिर २१ गते साँझ ७ बजेसम्म तोकिएको छ । मङ्सिर २८ गते पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन हुनेछ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया