दार्चुला । धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल स्वास्थमा समस्या देखिएको छ ।
शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका उनलाई थप उपचारका लागि आज दिल्ली रेफर गरिएको छ । उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले उपचार गरिरहेकोमा शनिवार (आज) भने दिल्ली रेफर गरिएको हो ।
चिकित्सककाअनुसार उनको मष्तिकको एउटा नसामा समस्या देखिएको बताइएको छ ।मेयर हमाललाई आजै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेटेर स्वास्थ लाभको कामना गर्नुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया