दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर–४ खरकडा (ओडिगाउँमा) अवस्थित कमला विश्राम गिरी स्मृती प्रतिष्ठानले लटिनाथ नमुना मावि चौपातामा अध्ययनरत एक जना विपन्न विद्यार्थीलाइ आर्थिक सहयोग गरेको छ ।
वडा नम्बर–६ तेलीगाउँ बस्ने पशु बिज्ञान भेटेरिनरी डिप्लोमा प्रथम वर्षमा अध्ययनरत छात्र गजेन्द्र नाथलाइ प्रतिष्ठानले २३ हजार पाँच सय आर्थिक सहयोग गरेको अध्यक्ष तुला गिरीले जानकारी दिनुभयो ।
आर्थिक अवस्था दयनिय रहेका नाथलाई पढाइ खर्चमा केहि राहात पुर्याउने उद्धेश्यले उक्त रकम सहयोग गरिएको उहाले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया