दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा कात्तिक २३ गतेदेखि जिल्लाव्यापी रुपमा सञ्चालन भएको नेपाली कांग्रेसको सय दिने विशेष अभियान जारी रहेको छ ।
पार्टी संगठन निर्माण र सुदृढीकरणमा सहयोग पुर्याउन तथा नेता कार्यकर्तामा जाँगरण ल्याउने उद्धेश्यसहित पालिकादेखि वडास्तरहरुसम्म अभियान सञ्चालन भइरहेको छ । जसअन्र्तरगत आज महाकाली नगरपालिका वडा नम्बर–२ र ३ मा अभियान सुभारम्भ गरिएको छ ।
वडा नम्बर–३ का वडा सभापती कल्यान सिंह महराको अध्यक्षता एंव नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सदस्य मदन गिरीले आतिथ्यतामा अभियान सञ्चालन गरिएको छ । अभियानमा वडा सम्मेलन क्रियासिल सदस्यता, सदस्यता नविकरण गर्ने लगायतका बिषयहरुमा छलफल गरिएको प्रदेश कार्य समिती सदस्य जय देब जोशीले जानकारी दिनुभयो ।
यस्तै जिल्लाको लेकम गाउँपालिकामा मंसिर २४ गतेबाट २९ गतेसम्म गरी पालिका र वडास्तरहरुमा कार्यक्रम सञ्चालन हुने बताइएको छ । अन्य स्थानीय तहहरुमा पनी अभियान जारी रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया