मार्मामा माओवादी केन्द्र को दोस्रो सम्मेलन सम्पन्न, कमिटी चयन

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को दोस्रो पालिका सम्मेलन सम्पन्न भएको छ।

नेकपा (माओवादी केन्द्र) गाउँ कमिटी अध्यक्ष नरबहादुर विष्ट को अध्यक्षतामा एंव नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज लक्ष्मण दत्त जोशी को प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनबाट वीरेन्द्र सिंह बोहराको नेतृत्वमा ४५ सदस्यीय गाउँ कमिटी चयन भएको जिल्ला संयोजक पदम राज पन्तले जानकारी दिनुभयो ।

कमिटी उपाध्यक्षमा पूरन सिंह धामी, उपाध्यक्ष महादेव डडाल, उपाध्यक्ष बागमती ठगुन्ना, महासचिव दिपेन्द्र सिंह विष्ट, सहसचिव गणेश सिंह विष्ट, कोषाध्यक्ष इन्द्र ओड गरी सात सदस्यीय पदाधिकारी रहने गरी ४५ सदस्यीय गाउँ कमिटी चयन गरिएको महासचिव दिपेन्द्र सिंह विष्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?