दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा १९ वर्षीया एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–५ कटेकुडा स्थित मोहन धामीको घरमा कोठा गरी बस्दै आएकी नौगाड गाउँपालिका वडा नम्बर–५ की १९ वर्षीया सुनिता धामी आज बेलुकी झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जानकारी दिएको छ ।
धामी लेकमको लटिनाथ नमुना मावि चौपातामा अध्ययनरत थिइन । भोली विहान इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षकाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा आउने बताइएको छ ।
विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




