सुदूरपश्चिम सहित देशका केहि क्षेत्रमा आज र भोलि  वर्षा सहित हिमपातको सम्भावना

दार्चुला । आज र भोलि देशका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बेलुकादेखि मौसम बदली हुने सम्भावना छ । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज बेलुकादेखि भोलि रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली धेरै ठाउँमा तथा गण्डकी, बाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम बदली, हल्का वर्षा र हिमपातको असरले तापक्रम थप घट्ने र चिसो बढ्ने सम्भावना छ । वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोधसमेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?