दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर–७ ओखलगाडा (लिखाड) का ४८ वर्षीय रतन सिंह कुवँरको शनिवार (हिजो) घर नजिकैको पहरे खोला भिरबाट लडेर ज्यान गएको आफन्त दिलेन्द्र कुँवरले जानकारी दिनुभयो ।

दिउँसो घरबाट घाँस काट्न गएका कुँवर अबेर सम्म घर नआएपछी खोजी गर्दैै जादा मृत अवस्थामा फेला परेको उहाले बताउनुभयो । दार्चुलामा पछिल्लो पाँच दिनको अवधिमा भिरबाट लडेर चार जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?