मालिकार्जुनको ऐरीछाना सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा स्थानीयद्धारा तालाबन्दी

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको ऐरीछाना सामुदायिक  स्वास्थ्य इकाई केन्द्रमा विगत दुइ महिनादेखि  स्वास्थ्यकर्मीको अभाव भएको भन्दै स्थानीयले तालाबन्दी गरेका छन् ।

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–४ मा अवस्थित सामुदायिक स्वास्थ्य इकाई केन्द्र ऐरीछानामा स्वास्थ्यकर्मीको  माग सहित स्थानीयले आइतवार (आज) तालाबन्दी गरेको स्थानीय हरिश धामीले जानकारी दिनुभयो ।

उक्त इकाई केन्द्रमा विगत २ महिनाबाट स्वास्थ्यकर्मी अनुपस्थित भएको र गाउँमै स्वास्थ्य इकाई केन्द्र हुदा पनी सामान्य उपचारको लागि अन्तै जानुपर्ने बाध्यता भएको भन्दै तालाबन्दी गरिएको स्थानीयले बताएका छन् ।

साथै स्वास्थ्य इकाई केन्द्रमा त्तत्कालै स्वास्थ्यकर्मी पठाइदिन स्थानीयले सम्बन्धित निकायसंग जोडदार माग समेत गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?