दार्चुला । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदीको २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार तोलाको एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँमा झरेको छ । अस्ति शुक्रवार पनि सुन तोलामा छ सय रुपैयाँले घटेको थियो ।

त्यस्तै शुक्रवार तोलाको एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज घटेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?