बाजुरामा जिप दुर्घटना दुइ जनाको मृत्यु, तीन घाइते

दार्चुला । बाजुरा सदरमुकाम मार्तडी स्कारपीयो जिप दुर्घटना हुँदा २ महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ३१ वर्षीया गायत्री पन्तको मृत्यु भएको हो। उनको घर कञ्चनपुर हो। यस्तै भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्टको पनि मृत्यु भएको छ। पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै, दुर्घटनामा परेर तीन जना घाइते भएका छन्।

बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त, र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन्। घाइते तीनै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ।

आइततबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको जिप बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको हो। जिप कोल्टीदेखि मार्तडी गइरहेको थियो। दुर्घटनाको कारण भने खुलेको छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?