दार्चुला । लगातार तीन खेल जित्दै उत्कृष्ट सुरुवात गरेको सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो हार व्यहोरेको छ ।

आइतबार भएको दिनको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई ३३ रनले पराजित गर्दै अपराजित यात्रामा ब्रेक लगाएको हो । चार खेलमा सुदूरको यो पहिलो हार हो ।

चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर १३१ रनमा अलआउट भयो ।जितपछि चितवनले चितवनले पनि सुदूरपश्चिम समान ४ खेलबाट ६ अंक नै जोडेको छ । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।

उता चितवनले यसअघि काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो भने कर्णाली याक्ससँग पराजित भएको थियो ।यसअघिका तीन खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिमको ब्याटिङ चितवन विरुद्ध भने लयमा देखिएन । दोस्रो ओभरमा ओपनर सैफ जैबलाई गुमाएपछि सुदूरपश्चिमले नियमित अन्तरमा विकेट गुमायो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?