दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गर्नुभएको छ । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको ओलीले आज उद्घाटन गर्नुभएको हो ।

भ्यू टावरको लगानी एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँभन्दा धेरै रहेको छ । यो टावर चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन ।

भ्यू टावरको २०७६ को असार २७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गर्नुभएको थियो । १८ तले भवन उपयोगविहीन छ, यो भवनलाई के प्रयोजनमा लगाउने भन्ने पनि अझै टुङ्गो लाग्न सकेको छैन । भ्यू टावरसम्म जाने सडकको हालत खराब रहेको छ । भ्यू टावर वरपर सुकुम्बासी बस्ती रहेको छ ।

भूकम्प, चट्याङ र आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरेर निर्माण गरिएको यो टावर सबै जोखिमका दृष्टिले सुरक्षित र अत्याधुनिक रहेको रहेको निर्माताको दाबी छ । भ्यू टावरको भुइँतलामा ४० वटा चार पाङ्ग्रे र दुई सय वटा दुई पाङ्ग्रे गाडी अट्ने पार्किङ रहेको छ ।

गएको असारमा प्रधानमन्त्री नियुक्त भएपछि ओली पहिलोपटक गृहजिल्ला पुग्नुभएको छ । नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले आज र भोलि दुई दिन झापामा भवन उद्घाटन तथा शिलान्यास, खानोपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा वितरण तथा पार्टी गतिविधिसँग सम्बन्धित कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?