दार्चुला ।  बाजुराको सदरमुकाम मार्तडीमा भएको स्कारपीयो (जिप) दुर्घटनामा दार्चुलाका दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी जिल्लाको लेकम गाउँपालिका–३ ऐरपाली घर भएकी ५२ वर्षीया राधिका भट्ट र वडा नम्बर–४ मानविसाकी ३१ वर्षीया गायत्री पन्तको मृत्यु भएको आफन्तहरुले बताएका छन् । अहिले दुबै जना कञ्चनपुरमा बस्दै आएका थिए ।

उनिहरु बडिमालिकाको दर्शन गर्न बाजुरा गएको आफन्तहरुले बताएका छन् । यस्तै दुर्घटनामा परेर अन्य तीन जना घाइते भएका छन्। घाईते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त, र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन्।

घाइते तीनै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। आइतवार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको जिप बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?