
दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–२ सेलविसामा ३३–११ केभी प्रशारण क्षमताको विद्युत सव स्टेशनको उद्धघाटन गरिएको छ ।
आइतवार (हिजो) एक कार्यक्रमका बिच मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले विद्युत सव स्टेशनको उद्धघाटन गरेको स्थानीय नर बहादुर बिष्टले जानकारी दिनुभयो । उक्त सव-स्टेशन निर्माणको लागि २० करोड बराबरको बजेट स्वीकृत भएकोमा हालसम्म साढे १४ करोड बजेटमा दुई वटा फिडर जडान सम्पन्न भई सव स्टेशन सञ्चालनमा आएको बताइएको छ ।
चार वटा फिडर राख्न मिल्ने सव स्टेशनमा अहिले दुई फिडर मात्रै सञ्चालनमा आएको र केहि समयपछी चार वटै फिडर सञ्चालन हुने बताइएको छ । जिल्लाको मार्मा र अपिहिमाल गाउँपालिकालाई उज्यालो बनाउने उद्धेश्यले निर्माण गरिएको सव स्टेशन सञ्चालनमा आएसंगै स्थानीय खुशी भएका छन् ।
उक्त क्षेत्रहरुमा विद्युत लाईन विस्तारको काम समेत भइरहेको छ ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।