बैतडीको एक घरमा आगलागी हुँदा चार चौपाया जलेर मरे

दुर्गादत्त मिश्र, दार्चुला । बैतडीमा एक घरमा आगलागी हुँदा चार वटा चौपाया जलेर मरेका छन् ।

जिल्लाको पुर्चौडी नगरपालिका–८ डडपुर पन्तोली चौपाताका ग्यान सिंह साउँदको घरमा गयराती तीन बजेतिर आगलागी हुँदा दुई भैंसी, एक गोरु र एक बाख्रा गरी चार वटा चौपाया जलेर मरेका छन् ।

स्थानीयको सहयोगमा करिब तीन घन्टापछी आगलागी नियन्त्रणमा ल्याइएको पुलघाट प्रहरी चौकीका प्रहरी हवल्दार अनुप सिंह महराले बताउनुभयो ।आगलागीबाट ६ लाख बढीको क्षती भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?