दार्चुला । बैतडीमा चट्याङ लागेर दुईजना घाइते भएका छन् । जिल्लाको पाटन नगरपालिका–७ किम्तोलीमा सोमवार बिहान पौने ९ बजेतिर परेको चट्याङ लागेर स्थानीय २५ बर्षीया निर्मला चन्द र १२ बर्षीया अनिता भट्ट घाइते भएका हुन् ।
स्थानीय डम्मरदत्त भट्टको घर नजिकै रहेको विद्युतको पोलमा चट्याङ परेको र उक्त चट्याङ लागेर दुवैजना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बतानुभयो ।
चट्याङ लागेर घाइते भएकी चन्दको घाँटी नजिक जलेको छ भने भट्टको पनि शरीरमा चोट रहेको स्थानीय मोहन बोहराले बताउनुभयो । घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको उहाले बताउनुभयो ।
चट्याङ लागेर स्थानीय जनकबहादुर चन्दले पालेको एक भैंसी मरेको छ भने दिपक दमाईले पालेको एक गोरु पनि मरेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया