दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका– ३ मा बनेको बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइ आदिका आयोजना सञ्चालन गर्ने बताउनुभयो । उहाँले नागरिकले घरमै धारो खोलेर पानी पिउन पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने जनाउनुभयो । नेताहरु विभिन्न पार्टीका भए पनि विकास निर्माणका काममा एकजुट हुनुपर्ने ओलीको भनाइ छ ।

५० करोड सात लाख ९२ हजार रुपैयाँ लागतमा निर्मित बेलडाँगी आयोजनाबाट नगरपालिकाको वडा नम्बर २, ३ र ४ का ६ हजार पाँच सय २१ घरघुरीका २६ हजार सात सय ४३ जना लाभान्वित हुनेछन् । कार्यक्रममा ओलीले आयोजनाका लागि जग्गा दिने स्थानीयबासीलाई सम्मान गर्नुभएको छ ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?