दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा नेपाली कांग्रेसको सय दिने विशेष अभियान सुरु भएको छ ।
नेपाली कांग्रेस लेकम गाउँ कार्य समिती सभापती कमलापती मिश्रको अध्यक्षता एंव सुदूरपश्चिम प्रदेश समिती सदस्य मदन गिरीको प्रमुख आतिथ्यतामा अभियान सुभारम्भ गरिएको लेकम गाउँ कार्य समिती सचिव शिव राज जोशीले जानकारी दिनुभयो ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य कमला सामन्त, प्रदेश सभा क्षेत्रीय सचिव पुष्कर जोशी, पुलेन्द्र बहादुर कार्की लगायत नेता कार्यकर्ताहरुको उपस्थिती एंव आतिथ्यता रहेको थियो ।सयदिने विशेष अभियान भोली देखि पालिकाका ६ वटै वडाहरुमा पुर्याउने निर्णय गरिएको छ ।
वडास्तरमा हुने अभियानमा जिल्लाबाट खटाइएका पार्टी प्रतिनिधि र पालिकाप्रतिनिधि समेत सहभागि हुने भएका छन । पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, तथा सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने गरी अभियान सुरु गरिएको जोशीले बताउनुभयो ।
अभियानका क्रममा आम जनताका गुनासो सुनेर जिल्ला कार्यसमितीमा प्रतिवेदन पेस गरिने छ । जिल्लाका अन्य स्थानीय तहहरुमा पनी कांग्रेसको सय दिने विशेष अभियान जारी रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया