दार्चुला । अखिल नेपाल महिला (अनेम) संघ दार्चुलाले महिला हिंसा निराकरणका लागि जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

महिलामाथि हुने विभिन्न हिंसाका घटनाहरू न्यूनीकरणको मागसहित जिल्ला प्रशासन दार्चुलामार्फत गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र पठाइएको अनेम संघ दार्चुलाका अध्यक्ष माधवी जोशीले बताउनुभयो ।

प्रहरीकै तथ्यांक हेर्दा पनि महिलामाथि हुने हिंसाका घटनाहरू बढ्दै गएका छन, उहाँले भन्नुभयो, मुलुकमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरी प्रशासनको भएकोले महिला हिंसा निराकरण गर्न, पीडकलाई कडा कार्वाही गर्न र पीडितलाई उचित न्याय र क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको हो ।

ज्ञापनपत्र हेर्नुहोस्

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?