दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलन सम्पन्न भएको छ ।

पालिका कमिटी अध्यक्ष धनिराम ठगुन्नाको अध्यक्षतामा एंव जिल्ला इन्चार्ज केन्द्रीय कमिटी सदस्य लक्ष्मण दत्त जोशी को प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनबाट धनिराम ठगुन्नाको नेतृत्वमा ४५ सदस्यीय गाउँ कमिटी चयन गरिएको छ ।

कमिटी उपाध्यक्षमा गायत्री रावल, बहादुर टमटा र लक्ष्मण धामी, सचिवमा राजेन्द्र सिंह बोहरा ,सह–सचिवमा कम्मान सिंह ठगुन्ना र कोषाध्यक्षमा वीर सिंह ठगुन्ना रहने गरी कमिटी चयन गरिएको हो ।

कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर धामी, जिल्ला संयोजक पदम राज पन्त लगायत ६ वटै वडाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
दार्चुलामा (माओवादी केन्द्र) को जिल्लाव्यापी पालिका सम्मेलन जारी रहेको छ

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?