नेपालले अन्तर्राष्ट्रिय अदालतसँग माग्यो जलवायु न्याय

दार्चुला । नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय अदालतमा जलवायु परिवर्तनको अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था सुनाउँदै जलवायु न्यायको माग गरेको छ ।

परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत ९आईसीजे० मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असरबारे जानकारी गराउँदै पाउनुपर्ने क्षतिपूर्तिको सुनिश्चतताको माग गर्नुभएको हो ।

विश्वका धनी तथा विकसित देशहरुले कार्बन उत्सर्जन गर्दा नेपालजस्ता देशलाई परेको असरका साथै यसका कारण नेपालले पाउनुपर्ने क्षतिपूर्तिका विषयमा केन्द्रित रही मन्त्री डा। राणाले अदालतमा नेपालको धारणा राख्नु भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

अदालतको सुनुवाइका क्रममा उहाँले जलवायु परिवर्तनका कारकमा नेपालको योगदान अति नगण्य छ तर पनि अहिले जलवायुजन्य सङ्कटसँग जुध्नका लागि आवश्यक स्रोतको अभाव झेलिरहेको बताउनुभयो ।

नेपालको भौगोलिक अवस्थिति र विकासको स्तरका कारण जलवायु परिवर्तनको प्रतिकूल असर देखिएको मात्र नभई नेपाल उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?