
दार्चुला । बाराको गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको जिप दुर्घटनामा आठ जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको ज्यान गएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।
त्यस्तै दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेवी महरालाई उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गएराति बा १६च ३१६२ नम्बरको जिप दुर्घटना भएको हो । जीप अनियन्त्रित भई रुखमा ठोक्किएको थियो ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।