एनपीएल क्रिकेटमा सुदूरपश्चिमले जनकपुरलाई एक सय २४ रनको लक्ष्य दियो

दार्चुला । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जीतका लागि एक सय २४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन बनायो । उसका लागि बिनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । सुदूरपश्चिममा किशोर महतोले चार तथा शेर मल्ल र अरनिको यादवले समान दुईरदुई विकेट लिए ।

जनकपुर बोल्ट्स यसअघि आफ्ना चार वटै खेलमा विजयी हुँदै आठ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । यसैगरी चार खेलमा तीन वटा जितेको सुदूरपश्चिम रोयल्स छ अङ्कसहित दोस्रो स्थानमा छ ।

आज हुने दोस्रो खेलमा दिउँसो १ बजे काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । तीन खेल खेलेको काठमाण्डौले एउटा खेल जितेको छ भने दुई वटा हारेको छ । लुम्बिनीले पाँच वटा खेल खेलेकामा एउटा मात्र जितेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?