कमेडियन हिक्मत महराको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

दार्चुला । चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पीयन २’ को उत्कृष्ट ४ मा पुुगेर चर्चित बनेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका हिक्मत महराको मृत्यु भएको छ।

मंगलवार साँझ कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो। मंगलवार साँझ गोदावरी मन्दिर जाने बाटो नजिक म २ प ९११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा महरा गम्भिर घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

‘कमेडी च्याम्पियन २’ मा हिक्मत ६ हजार प्रतियोगी सँगै डिजिटल अडिसन दिएर १ सय ८० जनामा छनोट भएका थिए। त्यसपछि उनी टप २४, १५, ११ हुँदै उत्कृष्ट चारमा पुगेका थिए। उत्कृष्ट ४ बाट भने उनी भोटको आधारमा बाहिरिएका थिए। कञ्चनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा बिएडसम्म अध्ययन गरेका हिक्मतले विद्यार्थी हुँदै गर्दा कमेडि देखाउँदै आएका थिए।

उनका कमेडी विशेष गरेर समाजका विकृति, विसंगति र राजनीतिक परिदृश्यका बारेमा हुने गरेका थिए। गोदावरी पीङका सञ्चालन समेत रहेका उनी पछिल्लो समय कैलालीको गोदावरीमै अस्थाइ रुपमा बसोबास गर्दै आएका थिए

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?