मार्माको लटिनाथ मावि रस्कोटमा खेलकुद सप्ताह सुरु

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर–३ मा अवस्थित लटिनाथ मावि रस्कोटमा खेलकुद सप्ताह सुरु भएको छ ।

विद्यालयको वार्षीक कार्यक्रम अनुसार मंगलवार (हिजो) विद्यालय व्यवस्थापन समिती ज्येष्ठ सदस्य सेरे बिष्टको अध्यक्षता एंव मार्मा गाउँपालिका प्रवक्ता, वडा नम्बर–३ का वडा अध्यक्ष धिरेन्द्र धामीको आतिथ्यतामा खेलकुद सप्ताहको उद्धघाटन गरिएको विद्यालयका प्रध्यानाध्यापक भगिरत सिंह बिष्टले जानकारी दिनुभयो ।

पुस महिनाभित्रै मार्मा गाउँपालिकामा सञ्चालन हुने पालिकास्तरीय राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताको तयारी एंव खेलाडी छनोट गर्ने उद्धेश्यले सञ्चालन गरिएको खेलकुद सप्ताह  पुस १ गते सम्म सञ्चालन हुने उहाले बताउनुभयो ।

कार्यक्रमको उद्धघाटन शत्रमा मार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र प्रसाद जोशी, शिक्षक अभिभावक संघका पदाधिकारी शिक्षक, विद्यार्थी अभिभावक लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

सप्ताहमा विद्यार्थीहरुलाई विभिन्न खेलहरुको तयारी गराइरहेको विद्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?