दार्चुला । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डौ गुर्खाजले दोस्रो जीत हात पारेको छ । आज भएको खेलमा काठमाण्डौले लुम्बिनी लायन्सलाई १८ रनले हरायो ।

काठमाण्डौले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओभर २ बलमा ८५ रनमा अलआउट भयो । लुम्बिनीका सन्दीप जोराले सबैभन्दा धेरै २६ रन बनाए । काठमाण्डौका कप्तान करण केसीले ४, दिपेश कँडेलले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाण्डौ १९ ओभर २ बलमा १ सय ३ रनमा अलआउट भयो । काठमाण्डौका भीम सार्कीले ३१ रन बनाए । लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए ।

यो जीतसँगै काठमाण्डौले ४ खेलमा ४ अङ्क जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । काठमाण्डौ प्लेअफ पुग्ने सम्भावना कायमै छ । लुम्बिनी भने एक खेलअघि नै लिग चरणबाट बाहिरिएको छ । लुम्बिनीले ६ खेल खेल्दा जम्मा २ अङ्क जोडेको छ ।

एनपीएलमा आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले हराएको छ । योसँगै जनकपुरको चार खेलको अपराजित यात्रा टुङ्गिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?