दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
पालिका कमिटी अध्यक्ष उमाकान्त बिष्टको अध्यक्षता एंव जिल्ला इन्चार्ज केन्द्रीय कमिटी सदस्य लक्ष्मण दत्त जोशी को प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनबाट पुनः उमाकान्त बिष्टको नेतृत्वमा २२ सदस्यीय गाउँ कमिटी चयन गरिएको छ ।
कमिटीको बरिष्ट उपाध्यक्षमा तारा सिंह बोहरा, आन सिंह ठगुन्ना, शान्ती धामी,सचिवमा विषन दत्त पन्त, सह–सचिवमा केशब राम लावड र कोषाध्यक्षमा अम्बा दत्त भट्ट रहने गरी २२ सदस्यीय कमिटी चयन गरिएको बरिष्ट उपाध्यक्षमा तारा सिंह बोहराले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला संयोजक पदम राज पन्त,सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एंव लेकम इन्चार्ज रामदत्त जोशी लगायत ६ वटै वडाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।