दार्चुला । बैतडीको सुर्नया गाउँपालिकाको कार्यापालिका बैठकमा बिवाद हुदा कुर्सी टोडफोड भएको छ । कार्यपालिका बैठकमा टुंङ्गोमा नै नपुगेको प्रस्ताव निर्णयपुस्तीकामा उल्लेख गरिएको भेटिएपछि बिवाद भएको हो ।

गत कार्तिक ९ गते बसेको कार्यपालिका बैठकमा कुनै छलफल नभएको प्रस्ताव निर्णयपुस्तीकामा उल्लेख गरिएको भेटिएपछि विवाद भएको सुर्नया गाउँपालिका प्रवक्ता एंव वडा नम्बर ४ का वडाअध्यक्ष प्रताप महराले जानकारी दिनुभयो । कार्यपालिमा नै विवाद भएपछि केही थान कुर्सी तोडफोड भएका उहाले बताउनुभयो ।

कार्यपालिकामा आएपनि टुङ्गोमा नपुगेको प्रस्ताव निर्णयपुस्तीका लेखिएको भेटिएपछि उक्त निर्णय लेखिएको पाना नै च्यातिएको छ । सो निर्णय के थियो भनेर खुलाइएको छैन ।आज बसेको कार्यपालिका बैठकमा विवाद भएपछि भोली दिउँसो २ बजे सम्मका लागि बैठक स्थगित गरिएको प्रवक्ता महराले बताउनुभयो ।

यस बिषयमा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुवँरले सामान्य विवाद भएको र थप छलफलका लागि बिहीबार बैठक बस्ने बताउनुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?