दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर–३ मा वडास्तरीय अध्यक्ष रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

नौगाड गाउँपालिकाको आयोजनामा मंसिर २९ र ३० गते पालिकाभरीका विद्यालयका बिजेता विद्यार्थीहरुको लागि आयोजना गरिएको पालिकास्तरीय अध्यक्ष रनिङ सिल्ड प्रतियोगितामा सहभागीता जनाउन वडाभित्रका विद्यालयका विद्यार्थीहरुलाई तयारी गराइएको  स्थानीय नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

अध्यक्ष रनिङ सिल्ड प्रतियोगितामा, वडा स्तरीय हाजिरी जवाफ,पढाइ गती मापन,शब्द चित्रपत्ती मिलान, हिसाब दौड, श्रृतीलेखन लगायत विभिन्न् १२ विधाका बैद्धिक खेलहरु खेलाइने गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर–३ का मा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष राई सिंह ठगुन्नाको अध्यक्षता रहेको थियो । प्रतियोगितामा छनोट भएका खेलाडीहरुलाइ पालिकास्तरीय अध्यक्ष रनिङ सिल्ड प्रतियोगितामा सहभागिता गराइने बताइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?