दार्चुलाको दुहुँ गाउँपालिकाले गर्यो टोल फ्रि नम्बर खुल्ला

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले सेवाग्राहीका  गुनासा सुन्न टोल फ्रि सेवा सुरु गरेको छ ।

स्थानीय तहबाट प्रवाह गरिने सेवाहरुलाई गुणस्तरीय बनाउन तथा सेवाग्राहीबाट सेवा सम्बन्धि सुधारात्मक सुझाव संकलन गरी सुशासन कायम गर्ने उद्धेश्यले १८१०५०००८६ नम्बरको टोल फ्रि नम्बर खुल्ला गरिएको दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले जानकारी दिनुभयो ।

नम्बर सार्वजनिक गर्दै अध्यक्ष बडालले दुहुँको सम्रग विकास र दुहुँबासी जनताको सेवा प्रवाहमा चित्त नबुझे, कार्यालयहरुमा काम गर्दा झन्जट र हैरानी खेप्नुपरेमा टोल फि नम्बरमा सम्र्पक गर्न अनुरोध समेत गर्नुभएको छ ।

सप्रोस नेपाल दार्चुलाको सहजिकरणमा मंसिर २६ गते एक औपचारिक कार्यक्रमका बिच फिल्ड अधिकृत प्रतीक अवस्थीले प्रशासकीय अधिकृत वीर सिंह धामीलाई १८१०५०००८६ नम्बरको टोल फ्रि नम्बर हस्तान्तरण गरेको बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?