![](https://lokdarpantv.com/wp-content/uploads/2024/12/Jeep_accident___final_one_62SpKsmQgf.jpg)
दार्चुला । जाजरकोटको नलगाड नगरपालिकामा गएराति जिप पल्टिँदा पाँच जनाको ज्यान गएको छ । अरु दुईजना घाइते भएका छन् ।
नलगाड पाँच कालिमाटीबाट नलगाड तीन करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको जिप गएराति सडकबाट करिब सात सय मिटर तल खोलामा खसेको जाजरकोट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा नलगाड नगरपालिका ३ करुवा बस्ने जिप चालक अन्दाजी ३१ वर्षीय इन्द्रजित थापा, त्यही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उहाँको एक महिनाको छोरा आलोचन रोकाको ज्यान गएको हो ।
जाजरकोट जिप दुर्घटनामा पाँच जनाको ज्यान गयो
घाइतेमध्ये एक जना उपचारपछि घर फर्किसकेका र अर्का एक जनाको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।
![](https://lokdarpantv.com/wp-content/uploads/2024/05/lokendra-joshi.jpg)
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।