दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–५ मल्तडी बस्ने ३१ वर्षीय वीर राम लुहारको बुधवार बेलूकी ८ बजे स्थानीय जेवलधार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

लुहार आफन्तलाई लिन पस्ती जाने क्रममा जेवलधार भिरबाट १५० मिटर तल खसेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुलामा पछिल्लो समय भिरबाट लडेर ज्यान गुमाउनेको संख्या दिनदिनै बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?