दुर्गादत्त मिश्र, दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी कर्मचारी, तथा हिरासत कक्षमा रहेका रहेका १०३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
जिल्ला अस्पताल दार्चुलाका चिकित्सकद्धारा शनिवार (आज) ५ जना थुनुवा र ९८ जना प्रहरी कर्मचारी गरी कुल १०३ जनाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।
चिकित्सकद्धारा कर्मचारी तथा थुनुवाहरुको ब्लड प्रेसर, सुगर, लगायत स्वास्थ्य परीक्षण गरिएको अहाले बताउनुभयो । स्वास्थ्य परीक्षणमा खटिएका चिकित्सकका अनुसार चेकजाँच गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले प्रहरी कर्मचारी, तथा थुनुवाहरुको स्वास्थ्य अवस्था परीक्षणमा सहयोग गर्ने जिल्ला अस्पताल प्रति धन्यवाद ज्ञापन गरेको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।