दुर्गादत्त मिश्र, दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका–७ मा अवस्थित लखैनाथ आधारभूत विद्यालय बाईमको ३१ औँ वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष बिरेन्द्र प्रशाद जोशीको अध्यक्षता रहेको कार्यक्रममा डिलाशैनी गाउँपालिकाका प्रवक्ता एंव वडा नम्बर–५ का अध्यक्ष यज्ञ भट्टको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै उद्धघाटन समारोहमा वडा नम्बर–७ का कार्यवाहक वडा अध्यक्ष गणेश मान धामी, नेकपा (एमाले) का नेता प्रजापती जोशी, समाजसेवी बृद्धिजीवी, शिक्षक अभिभावक लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक भानदेब जोशीले विद्यालयको आय रकम ४० लाख १ सय ८५ रुपैयाँ रहेकोमा ३८ लाख ५३ हजार ५८ रुपैयाँ खर्च भएको र १ लाख ४७ हजार १२९ रुपैयाँ बचत रहेको जानकारी दिनुभयो ।

विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै भव्यताका साथ वार्षिकोत्सव समारोह मनाएको समाजसेवी प्रदिप कुमार जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?