नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको भनाई

दार्चुला । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आम नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

एमाले केन्द्रीय सङ्गठन विभागले काठमाण्डौमा आयोजना गरेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको क्षमता हासिल गर्न आग्रह गर्नुभएको छ ।

चीनियाँ कम्युनिष्ट पार्टीको सङ्घर्ष, सफलता र चीनको अहिले भइरहेको तीव्र आर्थिक विकासको उदाहरण दिदै उहाँले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन लाग्नुपर्ने बताउनुभयो । त्यसका लागि पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले अब स्थिरता र स्थायित्व कायम गरेर आर्थिक उत्पादन र समृद्धिमा लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?