लेकमको खरकडामा मेडिकल पशु स्वास्थ्य शिविर सम्पन्न

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर–४ खरकडामा एक दिने निशुल्क मेडिकल पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वडा नम्बर–४ को आर्थिक सहयोग एंव गाउँपालिकाको पशु शाखाको सहजिकरण तथा लटिनाथ नमुना मावि चौपाताको सहयोगमा शिविर सञ्चालन गरिएको वडा अध्यक्ष महेन्द्र जोशीले जानकारी दिनुभयो ।

लेकम गाउँपालिका पशु शाखा प्रमुख थानेश्वर वोगटी, वडा अध्यक्ष महेन्द्र जोशी, पशुपालक किसान तथा लटिनाथ नमुना मावि चौपाताका प्रशिक्षार्थी लगायत सरोकारवालाको उपस्थितीमा आज १४३ वटा पशुहरुलाई शिविरमार्फत सेवा दिइएको उहाले बताउनुभयो ।

यदपी वडाभित्रका प्रतेक पशुपालक किसानका पशुहरुलाई सेवा दिने उद्धेश्यले जुनसुकै बेला पनी पशु परामर्श लिन सक्ने व्यवस्था मिलाइएको वडा अध्यक्ष जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?