दार्चुलाको नौगाड गाउँपालिकामा अध्यक्ष रनिङ सिल्ड प्रतियोगिता सम्पन्न

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा पालिकास्तरीय अध्यक्ष रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीको अध्यक्षता एंव गाउँपालिका अध्यक्ष दलजित सिंह धामीको आतिथ्यतामा मंसिर २९ गते (हिजो) उद्धघाटन गरिएको आधारभूत तह अध्यक्ष रनिङ सिल्ड प्रतियोगिता आज सम्पन्न भएको हो ।

गाउँपालिकाको वार्षीक कार्यक्रम अनुसार आधारभूत तहका विद्यार्थीहरुको बैद्धिक क्षमता अभिबृद्धि गराउने उद्धेश्यले वडा स्तरीय हाजिरी जवाफ,पढाइ गती मापन,शब्द चित्रपत्ती मिलान, हिसाब दौड, श्रृतीलेखन लगायत विभिन्न् १२ विधाका बैद्धिक खेलहरु खेलाइएको गाउँपालिकाले जनाएको छ ।

जसमध्ये वडा नम्बर–४ को टिमले १६ पदक सहित प्रथम, वडा नम्बर–३ ले ११ पदक सहित द्वितिय र वडा नम्बर–२ को टिमले ३ स्वर्ण, ९ रजत र ८ कास्य सहित तृतीय स्थान पाप्त गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?