
दार्चुला । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) भीमदत्त नगर अध्यक्षमा उपेन्द्र प्रसाद जोशी चयन हुनुभएको छ ।
प्याब्सन भीमदत्त नगर समिति को आइतबार सम्पन्न तेस्रो अधिवेशनबाट जोशीको अध्यक्षतामा नयाँ समिती चयन गरिएको हो ।नगर समितिको उपाध्यक्षमा महादेब विष्ट, सचिव हरिश सिह ठगुन्ना र कोषाध्यक्षमा राजेन्द्र सिह विष्ट चयन भएका छन् ।
नगर समिति निर्विरोध निर्वाचित गरिएको छ । नव निर्वाचित समितिका पदाधिकारी र सदस्यलाई निर्वाचन समितिले पद तथा गोपनियताको शपथ ग्रहण गराएको छ । प्याब्सन भीमदत्त नगर समितिका निवर्तमान अध्यक्ष गौरीशंकर भट्टको अध्यक्षतामा गरिएको उद्घाटनमा सत्रमा प्याब्सन केन्द्रीय उपाध्यक्ष एबम् सुदूरपश्चिम इन्चार्ज सुरेन्द्रराज ओझा प्रमुख अतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य प्रेम सिह पुजारा, प्याब्सन सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष केशवराज भट्ट, प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट लगायतको आतिथ्यता रहेको थियो ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।