दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा नेपाली कांग्रेसको सय दिने विषेश अभियान सुभारम्भ भएको छ ।
नेपाली काग्रेस अपिहिमाल गाउँपालिका सभापति शोभन सिह लोथ्यालको अध्यक्षता एंव नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिह बोहरा प्रमुख आतिथ्यतामा अभियानको सुभारम्भ गरिएको बताइएको छ ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेस प्रदेश कार्यसमिति सदस्य करबिर सिह कार्की, जिल्ला उपसभापति मानसिह बुढाथोकी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति एंव आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कांग्रेस भित्रको मनमुटाव लाइ टुग्याएर आपसी सदभाव एकता र मेलमिलाप कायम गर्दै अगामी निर्वाचनमा कांग्रेसको एकल बहुमत आउने गरी काम गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ ।
कात्तिक २३ गतेदेखि जिल्लाव्यापी रुपमा सञ्चालन भएको अभियान पुस महिनासम्म जारी रहने छ । सय दिने विशेष अभियान सुभारम्भ कार्यक्रममा अपिहिमाल गाउँपालिकामा रहेका अग्रज नेताहरुलाई कांग्रेसको संगठन निर्माण तथा कांग्रेसमा रहेर समाज परिवर्तन,विकास निर्माणकार्यमा योगदान पुर्याउनु भएका ११ जनालाई प्रमाणपत्र खादा द्वारा सम्मानित गरिएको अपिहिमाल गाउँपालिका सभापति शोभन सिह लोथ्यालले जानकारी दिनुभयो ।
सम्मानित हुनेमा नरसिंह धामी,लक्ष्मण सिह धामी,धर्म सिह बोहरा,धनलाल ठेकरे,परमानन्द बोहरा,जया ठेकरे,लाल सिह ठेकरे,देवुवा कामी,धनसिह धामी,नरेन्द्र सिह ठेकरे,रुकुम ठगुन्ना,जीवन सिह ठेकरे रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया