
दार्चुला । काठमाण्डौ महानगरपालिकाका पूर्वमेयर एवम् नेपाली कांग्रेसका पुराना नेता प्रेमलाल अर्थात् पीएल सिंहको निधनको शोकमा नेपाली कांग्रेसले तीन दिनसम्म देशभरका पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
आज बसेको कांग्रेस आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले सिंहको निधनमा शोक प्रस्ताव पारित गर्दै आज, भोलि र पर्सि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
सिंहको ८८ वर्षको उमेरमा गएराति ठमेलको चाक्सीबारी निवासमा निधन भएको थियो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरू पुगेका थिए ।
यसैबीच काठमाण्डौ महानगरपालिकाले पूर्वमेयर सिंहको निधनमा आज महानगरपालिकामा सार्वजनिक बिदा दिएको छ ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।