
दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर–४ मा अवस्थित हुनैनाथ माध्यमिक विद्यालय रातामाटाका भूतपूर्व प्रधानाध्यापक ७२ वर्षीय बद्री नारायण भट्टको निधन भएको छ ।
जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–२ गराडी (बन्तोली) पुख्यौँली घर भएका भट्ट हाल कञ्चनपुरमा बस्दै आएको र उतै मृत्यु भएको हुनैनाथ मावि रातामाटाका शिक्षक दुर्गादत्त पाठकले जानकारी दिनुभयो ।
२०३८ सालबाट ५४ सालसम्म विद्यालयमा कार्यरत भट्टले पछिल्लो तीन वर्ष विद्यालयको प्रध्यानाध्यापकको जिम्मेवारी सम्हालेका थिए । सलिन स्वभावका भूतपूर्व प्रधानाध्यापक भट्टको निधनप्रति दुख व्यक्त गर्दै हुनैनाथ मावि रातामाटाले पुस २ गते (भोली) शोक विदा दिएको छ ।
विद्यालयले एक सार्वजनिक सूचना प्रकाशन गर्दै गर्दै भोली शोक विदा दिइएको जानकारी गराएको छ ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।