दार्चुला । १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ ।

मलेसियाको बायुमास ओभलमा नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे शुरू हुनेछ । यसअघि नेपालले हिजो पाकिस्तानलाई छ विकेटले हराएको थियो

यस्तै अस्ति उद्घाटन खेलमा भारतले पाकिस्तानलाई नौ विकेटले हराएको थियो । पाकिस्तानले लगातार दुई खेल हारेर बाहिरिएसँगै नेपाल समूह चरणको अन्तिम खेलअघि नै ‘सुपर–४’ मा प्रवेश गरेको थियो ।

एशियाका छ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् । समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् ।

दुवै समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् । सिङ्गल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल हुने छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?