दार्चुला । अमेरिकी डलरको भाउ बढेर अहिलेसम्मकै उच्च भएको छ । आज अमेरिकी डलरको बिक्री दर १ सय ३६ रुपैयाँ १४ पैसा पुगेर नयाँ रेकर्ड बनेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो हप्ता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएकोले डलरको भाउ हरेक दिन बढीरहेको हो । अस्ति सोमवार एक अमेरिकी डलरको बिक्री दर १ सय ३५ रुपैयाँ ९७ पैसा थियो ।

हिजो बढेर १ सय ३६ रुपैयाँ ९ पैसा पुगेकामा आज फेरि बढेर १ सय ३६ रुपैयाँ १४ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ । आजका लागि एक अमेरिकी डलरको खरिद मूल्य भने १ सय ३५ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ बढोस वा घटोस त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पर्दैन । तर डलरको भाउमा आएको उतारचढावले भारतीय मुद्रा (भारु) प्रत्यक्ष प्रभावित हुने र त्यसको असरले नेपाली मुद्रा बलियो वा कमजोर हुने गरेको छ ।

यसैबीच आज युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, यूएई दिराम, स्वीडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको छ ।

यस्तै, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, थाई भाट र साउथ कोरियन वनको भने भाउ घटेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?