
दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर–७ मा रहेको भैरवनाथ आधारभूत विद्यालय दोबाटाको नयाँ विद्यालय व्यवस्थापन समिती गठन गरिएको छ ।
नगरपालिकाको शिक्षा नियमावली ७४ को नियम २६ अनुसार सर्वसमत रुपमा गोबी मिश्रको अध्यक्षतामा ९ सदस्यीय समिती गठन गरिएको हो । गठन गरिएको समितीमा एक जना वडा प्रतिनिधी समेत रहने शिक्षक मोहन सिंह खत्रीले बताउनुभयो ।
यस्तै आजै महानन्द मिश्रको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरिएको शिक्षक खत्रीले जानकारी दिनुभयो ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।