मावि झरकडाका प्रध्यानाध्यापक जयधन जोशी उत्कृष्ट विज्ञान शिक्षक पुरस्कारबाट पुरस्कृत

दार्चुला । दार्चुलाका एक प्रध्यानाध्यापक उत्कृष्ट विज्ञान शिक्षक पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर–८ मा अवस्थित गलैनाथ मावि झरकडाका प्रध्यानाध्यापक एंव तीन दशकबाट माध्यमिक तहमा कार्यरत विज्ञान शिक्षक जयधन जोशी नेपाल विज्ञान तथा प्रवधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)को ४२ औँ बार्षिकोत्सव बिषेश पुरस्कार वितरण समारोहमा  नगद ७५ हजार सहित उत्कृष्ट विज्ञान शिक्षक पुरस्कारबाट पुरस्कृत हुनुभएको हो ।

प्रतिष्ठानको बार्षिकोत्सव समारोहको उपलक्ष्यमा बिहिवार (आज ) प्रतिष्ठानका सहकुलपती एंव शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जोशीलाई ७५ हजार नगद सहित पुरस्कृत गर्नुभएको छ ।

तीन दशक बढी माध्यमिक तहमा विज्ञान शिक्षकको रुपमा कार्यरत रहि विद्यार्थीहरुलाई विज्ञान शिक्षाप्रति जागरण तथा अभिरुचि बढाई विज्ञान शिक्षाको विकासमा पुर्याएको योगदानको कदर गर्दै प्रतिष्ठानले उत्कृष्ट विज्ञान शिक्षक पुरस्कारबाट शिक्षक जोशीलाई पुरस्कृत गरेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?